दक्षिण अफ्रिकाविरुद्ध पहिलो टी२०आई-मा अष्ट्रेलिया १७ रनले विजयी

IMG-20250811-WA0008

डर्विन: अष्ट्रेलियाले पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरी ३ वटा टी२०आई म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। यस प्रारूपमा अष्ट्रेलियाको यो लगातार नवौं जीत हो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले २० ओभरमा १७८ रन बनायो। जवाफमा दक्षिण अफ्रिकाले विकेटमा १६१ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाको शुरुवात खराब रह्यो अनि एक समय ७५ रनमा ६ विकेटको पतन भइसकेको थियो। यस्तो स्थितिमा टिम डेविडले टीमलाई उकास्ने जिम्मेवारी लिए। उनले आफ्नो चिरपरिचित मिजासमा खेल्दै ५२ बलको सामना गरी ८ वटा छक्का र ४ वटा चौकाको साथ ८३ रन बनाए। यसबाहेक उनले सातौं विकेटको निम्ति बेन ड्वारशुईससँग ५९ रनको पार्टनरशीप गरी टीमलाई असल स्कोरसम्म पुऱ्याए। ड्वारशुईसले १७ रनको योगदान दिए। अन्य ब्याटरहरूमा क्यामरन ग्रीनले १३ बलमा ३५ रन बनाए। उनले ३ वटा छक्का र ४ वटा चौका लगाए। दक्षिण अफ्रिकी बलरहरूमा क्वेना मफाखाले सर्वाधिक ४ विकेट लिए। लक्ष्यलाई पीछा गर्दै दक्षिण अफ्रिकाको पनि शुरुवात खराब रह्यो अनि ओपनर रेयान रिकेल्टनलाई अन्य कसैले ठूलो ईनिंग्स खेल्न सकेनन्। केवल ४८ रनमा विकेटको पतनपछि रिकेल्टनले ट्रिस्टन स्टब्ससँग चौथो विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरी टीमलाई जिताउने प्रयास गरे पनि यी दुईजना आउट भएपछि दक्षिण अफ्रिकाले म्याच उम्कायो। रिकेल्टनले ५५ बल खेलेर ७ वटा चौका र एउटा छक्काको साथ ७१ रन बनाए। यसरी स्टब्सले ३७ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा हेजलवुड र ड्वारशुईसले ३-३ विकेट लिए। टिम डेविडलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement