सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ओमिशा फूटबल क्लबले फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आइतवार भएको पहिलो सेमिफाइनल म्याचमा ओमिशा एफसी-ले भीएनसी मर्निंग सकरविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याचको एकमात्र गोल आशिष देवानले पाँचौं मिनटमा गरे। आशिष देवानले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। म्याचको दोस्रो हाफमा दुवै टीमका १-१ जना खेलाड़ीलाई रेड कार्ड देखाइयो। सोमवार कुनै म्याच छैन। मंगलवार खेलिने दोस्रो सेमिफाइनलमा मारामार एफसी र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।