हर्ली मेमोरियल कपः घूम जोरबंग्लो एससी र यूकेएफसी सेमिफाइनलमा पुग्न सफल

photocollage_202581103138981

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा आइतवार अन्तिम २ वटा क्वार्टर फाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा खेलिएको पहिलो म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-विरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मार्टिन र असिम राईले २-२ गोल गरे। यसबाहेक मिलन लिम्बुले १ गोल गरे। दोस्रो म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले भा तकभर युनाइटेड एफसी-विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट श्रीजन राई र राहुल बर्मनले १-१ गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement