नव जागरण च्यालेञ्ज ट्रफीः फूलबारी एफसी र ड्राइभर वेलफेयर एसोसिएशन विजयी

IMG_20220920_192952.jpg

२० सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा फूलबारी एफसी-ले दुधिया एफसी-लाई ३-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा ड्राइभर वेलफेयर एसोसिएशन, दुधियाले ताराबारी एफसी-लाई सडन डेथमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement