खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाटीद्वारा जनचेतना कार्यक्रम सम्पन्न

IMG-20250810-WA0095

खरसाङ: धार्मिक अल्पसंख्यकहरूको निम्ति खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीको आयोजनामा खरसाङको गोर्खा जन पुस्तकालयको प्रेक्षा गृहमा सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू र सहुलियतहरू विषय जानकारी दिन जनचेतन कार्यक्रमको आयोजना गरियो। खरसाङ माइनोरेटी सोसाइटीद्वारा आमन्त्रित धार्मिक अल्पसंख्यकहरू क्रमैले इसाई, मुस्लिम, बौद्ध धर्मावलम्बीहरूको व्यापक उपस्थिति रहेको थियो। संस्थाका उपाध्यक्ष पास्टर तिरस राईको अध्यक्षतामा सम्पन्न यस जनचेतना कार्यक्रममा खरसाङ महकुमा कार्यालयका माइनोरेटी अधिकारी एच हुसेनले सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू विषय जानकारी गराए।


विद्यार्थीहरूलाई प्रदान गरिने विभिन्न छात्रवृत्ति अनि उच्च शिक्षा हाँसिल गर्न विद्यार्थीहरूलाई दिने लोन विषय जानकारी दिएका छन्। सार्वजनिक भवन-निर्माण, कबरस्थानको सुन्दरीकरण अदि विषय सरकारद्वारा प्रदान गरिने विभिन्न सहुलियतहरू विषय सबैलाई जानकारी दिएका छन्। जनचेतना कार्यक्रममा उपस्थित सदस्यहरूको प्रश्नहरूको उत्तर दिन्दै धार्मिक माइनोरिटीका महत्वपूर्ण कुराहरू विषय जानकारी दिए। एल्डर निर्णय लेप्चाद्वारा स्वागत भाषण राखिएको यस जनचेतना कार्यक्रममा एल्डर ज्योतिको प्रारम्भिक प्रार्थनाद्वारा शुरु गरिएको जनचेतना कार्यक्रममा सन्त अलफन्सस प्राथमिक पाठशालाका प्रधान अध्यापक फादर रोशन, भोटिया समुदायका उपाध्यक्ष पेम्बा भोटीया, सुकना सालबारी युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाटीका मुख्य सचिव रोशन डी लामा, सुखे- पोखरेबुङ माइनोरिटी वेलफेयर सोसाटीका कार्यकारणी सदस्य पास्टर लुईस अनि खरसाङको मुस्लिम समुदायका सभापति फिरोज उर्फ बबलुले आजको जन चेतना कार्यक्रममा आफ्नो सम्बोधन राखेका थिए। खरसाङ युनाईटेड क्रिशचियन माइनोरेटी वेलफेयर सोसाइटीका मुख्य सचिव दिपक लेप्चाले धन्यवाद ज्ञापन दिएको यस कार्यक्रमा संस्थाका कोषाध्यक्ष अरुण तामाङ, सदस्य सन्जय छेत्री, झुमा राणा लेप्चा लगायत सम्पूर्ण संघ संस्थाका कार्यकारणी सदस्यगणप्रति आभार प्रकट गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement