खरसाङ: अल ईण्डिया तृणमूल कांग्रेसको माइनोरिटी सेलमार्फत् खरसाङको सिपाहीधुराबाट १५ घर तृणमूल कांग्रेसमा सामेल भएको दाबी गरिएको छ। सामेल हुनेहरु सबैलाई हिल तृणमूल कांग्रेसको माइनोरिटी सेलको दार्जिलिङ जिल्ला उपाध्यक्ष सराफत अली र भरत छेत्रीको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरिएको जानकारी प्राप्त भएको छ। उनीहरू सबैजना तृणमूल कांग्रेसको माइनोरिटी सेलको दार्जिलिङ जिल्ला उपाध्यक्ष सराफत अलीको अगुवाईमा तृणमूल कांग्रेसमा सामेल भएको जानकारी प्राप्त भएको छ।