सिंगेल चियाबारीको सिमानाधुरामा‌ मन्दिर निर्माणको कार्य शुरु

IMG-20250810-WA0102

खरसाङ: खरसाङको सिंगेल चियाबगान अन्तर्गत सिमानाधुरा ग्रामवासीद्वारा १९९५ सालदेखि पूजा गर्दै आएको सेती देवी मन्दिरको निर्माण कार्य आजदेखि शुरू गरिएको छ। वर्षौ पुरानो मन्दिरलाई नयाँ रूप दिन भनी सबैले सहयोग पुराउने समाजको अध्यक्ष अनि युवाहरूले मिडियामार्फत अपिल गरेका छन्।‌ यस क्रममा सिंगेल चियाबारीको सिमानाधुरामा रहेको पुरानो मन्दिरको जीर्णोद्धार गर्नलाई काम शुरु गरिएको छ। यस विषयमा समाजका प्रतिनिधिहरुले सम्पूर्ण भक्तजनलाई मन्दिर निर्माणको लागि सहयोगको अपिल गरेका छन्। त्यसरी नै गाउँको युवाहरु र मन्दिर संरक्षणको लागि सबै मिलेर कार्य गरिरहेको र मन्दिर संरक्षण र निर्माणको लागि सबैलाई आर्थिक सहयोग साथै श्रमदानको लागि अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement