दार्जीलिङ: अलग राज्य गठनको मुद्दालाई शान्तिपूर्ण, गणतान्त्रिक अनि असम्प्रदायिक ढङ्गमा बढसएर लाने अढान क्रामाकपाले पुन: दोहोरिएको छ। यसलाई केन्द्र गरेर नोभेम्बरमा दिल्लीमुखी कार्यक्रमको तयारीमा रहेको क्रामाकपाले अलग राज्यपन्थी सबै राजनीतिक अनि गैर राजनीतिक सङ्गठनहरुलाई सहभागीता जनाइदिने आग्रह गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकपछि मिडिया संवादमा उक्त पारित प्रस्तावबारे जानकारी गराउँदै दलीय प्रवक्ता अरुण घतानीले क्षेत्रीय जानाकांशा परिपूर्तिको लागि पहाडबासीले हाल राज्यसभा सांसद मनोनित पूर्व विदेश सचिव हर्षवर्द्धन श्रृङलामाथि ठूलो आशा राखेको मत पोखेका छन्।
बङ्गला भाषालाई केन्द्र गरेर अहिले देशव्यापी बङ्गाल भाषीहरुले झेल्न परेका विदेशीको लाञ्छानाजस्तै नेपाली भाषाको कारण गोर्खाहरुले भोग्न परिरहेको उस्तै समान समस्याबारे बङ्गाल सरकार र राजनेताहरु अवगत हुनपर्ने र गोर्खाहरुले माग गर्दै आएको अलग राज्यको आन्दोलनलाई समर्थन जनाइदिने उनले अपिल गरे। अर्कोतिर अनिवार्य भाषा प्रयोगबारे अधिसूचना जारी गर्ने कार्य रुपमा ल्याउन गम्भीरतापूर्वक काम गर्नपर्ने प्रवक्ता घतानीेले जीटीए प्रशासनसमक्ष आह्वान गरे।