रंगमूक चन्द्रमानधुरामा सुर संगीत प्रशिक्षण केन्द्रको शुरुवात

IMG-20250810-WA0107

सोनादा: रंगमूक चन्द्रमानधुरामा सुर संगीत प्रशिक्षण केन्द्रको सुरुवात वरिष्ठ उपाधि संगीतकार मानसिंह राईको बाहुलीबाट विधिवत उद्घाटन गरेर तरङ्ग सुर संगीत केन्द्र सोनादाको सम्बन्धनमा गरियो। प्राध्यापक निरज राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो भने कार्यक्रमलाई किरण थापाले सञ्चालन गरेका थिए एवं स्वागत भाषण सन्तोष राईले गरेका थिए। स्वागत भाषणलाई सम्बोधनमा सन्तोष राईले भने, उक्त कार्यलाई सफल बनाए भविष्यमा नानीहरूको भविष्य त राम्रो हुन्छ नै त्यसको साथमा नानीहरू बहुप्रतिभाशाली पनि हुन्छ। संगीत तथा खेलकुदमा राम्रो प्रशिक्षण लिए नानीहरू अनुशासित हुन्छ र नराम्रा तथा नशालु पदार्थदेखि पनि टाढा रहन्छ। आज हामीले नानीहरूको उज्ज्वल भविष्यको निम्ति यो सांगीतिक केन्द्र खोलेका छौं र अझ हामी नित्य तथा खेलकुदको पनि केन्द्र खोल्ने प्रयासमा रहेका छौं। कार्यक्रममा नानीहरू तथा स्थानीय बासिन्दाहरूको व्यापक उपस्थिति रहेको थियो भने अन्तमा अध्यक्षको सम्बोधन पछि कार्यक्रमलाई समापन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement