समाजसेवी तथा साहित्यकार आशा मुखिया लामा लडेर उपचाराधीन अवस्थामा

IMG-20250810-WA0113

खरसाङ: खरसाङकी समाजसेवी, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा, साहित्यकार एवं साहित्य अकादमी नयाँ दिल्ली नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा बाटोमा लडेर अस्पताल भर्ना भएका छन्। उनी खरसाङको वार्ड नम्बर २० मंगलसिंह तामाङ पथमा रहेको लेऊमा लडेर अस्पताल लगिएको बताइएको छ। खरसाङ महकुमा अस्पतालमा उपचारको लागि लगिएपछि एक्स रे गरेर डाक्टर देखाएपछि मेरुदण्ड केही फ्याक्चर भएको जानकारी प्राप्त भएको छ। उनलाई खरसाङ महकुमा अस्पतालबाट घरमै ल्याएर आराम गराइएको र उपचारको लागि सिलगढी लगिने भएको बताइएको छ। खरसाङकी सक्रिय समाजसेवी तथा साहित्यकार आशा मुखिया लामा आईतबार नमस्ते खरसाङको तर्फबाट गोर्खा सांस्कृतिक संस्थानलाई प्रदान गरिएको नमस्ते सम्मान कार्यक्रममा पनि उपस्थित हुन सकेनन्। उनी आफ्नै क्षेत्रमा रहेको बाटोमा चिप्लेर लडेको र यहाँ अहिलेसम्म पनि मरमत्ति नभएको साथै मानिसहरु हिँड्ने बाटोलाई सहज बनाउन कुनै पहल नगरिएको पनि बताएकी छन्। उनले यो बाटो क्षेत्र खरसाङको लागि ऐतिहासिक हो तर पनि यहाँको बाटो कसैले मतमत्ति‌‌ नगरिदेको गुनासो गरेकी छन्। आशा मुखिया लामाले जानकारी गराए अनुसार आफ्नो घर क्षेत्रमा धरणीधर शर्मा बसेको ठाउँ, ब्रिटिशकालीन समयमा दलबहादुर राई बसेको ऐतिहासिक स्थान रहेको भए पनि यहाँ अहिलेसम्म बाटो मरमत्तिको कार्य नगरिएको जनाइन्। उनले यहाँको बाटोमा आफैले ब्लिचिङ ल्याएर छर्ने कार्य गरिएको बताउँदै यही बाटोमा केही दिन अघि आफ्नो श्रीमान्‌ पनि लडेको बताएकी छिन्। उनले यस बाटोको मरमत्ति गरिदिने सम्बन्धित विभाग समक्ष निवेदन गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement