खरसाङ: खरसाङ गोर्खे हाटको आयोजनामा पहिलोपल्ट सार्वजनिक कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरु नानीहरुका लागि बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरेको छ। खरसाङमा प्रत्येक हप्ता आईतबार चलिरहेको गोर्खे हाट परिसरमा बस अनि चित्र बनाऊ प्रतियोगिता चौथो श्रेणीसम्मको विद्यार्थी नानीहरुलाई लिएर उक्त बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको छ। यस प्रतियोगितामा जम्मा ५० जना नानीहरुले भाग लिएका थिए। यस अवसरमा निर्णायकको रुपमा प्रणय प्रधान उपस्थित रहेका थिए। यस कार्यक्रममा विशिष्ट अतिथिको रुपमा दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरी उपस्थित रहेका थिए। कार्यक्रममा सहभागी सबै विद्यार्थी नानीहरुलाई पुरस्कार वितरण गरिएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खे हाट सञ्चालन समितिको संस्थापक सचिव महेश छेत्रीले खरसाङ क्षेत्रमा विगत २२ महिनादेखि गोर्खे हाट सञ्चालन भईरहेको छ र पहिलोपल्ट गोर्खे हाट सञ्चालन समितिद्वारा सार्वजनिक कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको जानकारी गराएका छन्। उनले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिने जानकारी गराएका छन्।