उपकुलपतिलाई हटाउने माग  

00-NBU

सिलगढ़ी: सोमबार एसएससी भर्ती मामिलामा उत्तर बङ्गाल विश्वविद्यालय (एनबीयू) का कुलपति तथा एसएससीका पूर्व चेयरम्यान सुबीरेश भट्टाचार्य पक्रा परेपछि अबेर राति विश्वविद्यालय कर्मीहरूले केही दस्तावेज जलाउँदै गरेको एउटा भीडियो अघि आएको छ। यसलाई लिएर मङ्गलबार सिलगढ़ी सांगठनिक भाजपाको तर्फबाट एनबीयूको गेटअघि विरोध प्रदर्शन गरियो। सिलगढ़ी सांगठनिक भाजपा युवा मोर्चाका अध्यक्ष अरिजीत दासले भने, ‘राज्य सरकार भ्रष्टाचारीहरूले भरेको छ। भ्रष्ट मानिसहरूलाई उत्तर बङ्गालको अहम पदमा बसाएर यस सरकारले यहाँका जनता र युवाहरूसित खेलवाड़ गरिरहेछ। कुलपति पक्रा परेपछि सोमबार राति विश्वविद्यालयका कर्मीहरूलाई दस्तावेज जलाउँदै गरेको पाइएको छ। शायद केही लुकाउने प्रय़ास भइऱहेछl’भाजपाले उक्त कर्मीहरूलाई पक्राउ गरिने माग गरेको छ। उनले कुलपतिलाई पदबाट हटाउने माग पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *