दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा शनिवार २ वटा क्वार्टर फाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा खेलिएको पहिलो म्याचमा दार्जीलिङ पुलिसले २/११ जीआरविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट दिवस तामाङ, सिद्धान्त छेत्री र एरोन राईले १-१ गोल गरे। यसरी २/११ जीआरको तर्फबाट सुमित थापाले गोल गरे। दोस्रो म्याचमा १०७ टीए-ले सासोनियन एफसीविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रणय राई, अभिषेक राई, इसाक लेप्चा र साहिल मोथेले गोल गरे। आइतवार पनि २ वटा क्वार्टर फाइनल म्याच रहेको छ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ अगस्तमा हुनेछ।