पाकिम: पाकिम जिल्लाको सेन्ट जेभियर्स स्कूल खेल मैदानमा सञ्चालित ७९औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगिताकोको ९औं दिनको खेलमा जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हमू भोटिया मुख्य अतिथिकारूपमा उपस्थित रहेकी थिइन्। विशेष गरेर सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठलाई लक्षित गरेर आयोजन गरिएको प्रतियोगिताको मुख्य उद्देश्य सिक्किमलाई नशामुक्त बनाउनु रहेको छ। प्रतियोगितामा खुल्ला फुटबल प्रतियोगितामा सेडा कलेज बनाम हेटौडा एफएबीच प्रतिष्पर्धा भएको थियो। जसमा सेडा कलेजले दुई गोलको विरूद्ध तीन गोल गरेर अघिलो चरणम प्रवेश गरेको छ। उक्त प्रतियोगितामा सेडा कलेजका खेलाडी मुकुन्दा नियुरेलाई म्यान अफ् द म्याच घोषित गरियो। यसरी नै यू-१४ प्रतियोगिताको क्वाटर फाइनल खेलमा सेन्ट जेभिर्यस बनाम आहो किसान माध्यमिक विद्यालयबीच भएको खेलमा आहोले जीत हासिल गऱ्यो। दोस्रो खेल पाकिम निम्न माध्यमिक विद्यालयले डिकलिङ वरिष्ठ माध्यमिक विद्यालयलाई हराएको थियो।