गान्तोक: रक्षा बन्धनको अवसरमा आज राजभवनमा एक कार्यक्रम आयोजन गरियो। यस अवसरमा राजभवन परिवारका साना नानीहरू र भारत-तिब्बत सीमा पुलिस महिला बटालियन (हिम बिरङगना) का सदस्यहरूले राखी बाँधेर शुभकामना व्यक्त गरे। यसक्रममा राज्यपाल ओमप्रकाश माथुरलाई राखी बाँध्दै सम्मान व्यक्त गरे। राजभवनमा आयोजित रक्षा बन्धन समारोह परम्परागत रीतिरिवाजका साथ पालन गरिएको थियो. राज्यपालले आफ्नो सम्बोधनमा रक्षा बन्धनको शुभकामना दिँदै “रक्षा बन्धन केवल एक पर्व मात्र नभएर सांस्कृतिक सम्पदाको जीवित प्रतीक बताए। यसले दाजुभाइ-दिदीबहिनीको पवित्र सम्बन्धका साथै समाजमा पारस्परिक विश्वास, सुरक्षा र स्नेहको भावनालाई बलियो बनाउने बताए। राज्यपालले यस भावनात्मक क्षणको लागि नानीहरू र महिला सुरक्षाकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन्।