छाङ्गु झील परिसरमा आध्यात्मिक पूर्वाधार निर्माणमा मुख्यमन्त्रीको चासो

IMG-20250809-WA0141

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज रक्षा बन्धन अर्थात भदौ पूर्णिमाको अवसरमा पवित्र छाङगु झीलको भ्रमण गरे। सिक्किमको एक मुख्य पर्यटन स्थल तथा धार्मिक आस्थासित गहिलो सम्बन्ध रहेको झील साथै झील परिसरमा रहेको शिव मन्दिरको दर्शन गरे। यसबीच उनले राज्यको शान्ति, एकता र सदभावनाको निम्ति कामना गरे। मुख्यमन्त्रीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत उक्त विवरण दिएका हुन्। मुख्यमन्त्रीले उल्लेख गरेअनुसार छाङगु झील परिसरमा रहेको शिव मन्दिर र नजिकैको छोर्तेनको प्रस्तावित विकासबारेमा स्थानीय बासिन्दाहरूसँग अन्तर्क्रिया भएको छ। अन्तर्क्रियाको क्रममा पवित्र स्थलको पवित्रतालाई जोगाउँदै आध्यात्मिक पूर्वाधार बढाउने कुरामा विशेष प्राथमिकता दिएको उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement