मिरिकमा विभिन्न स्थानका कविहरुलाई लिएर क्याँफे दि कविता सम्पन्न

IMG-20250809-WA0127

मिरिक: आज मिरिकमा पहाडका कविहरूलाई लिएर क्याँफे दी कविता आयोजना गरिएको छ। मिरिकको एभरेष्ट क्याँफेको आयोजनामा सम्पन्न भएको कार्यक्रममा दार्जीलिङ, खरसाङ, सुकना , बिजनबारी, मिरिक, पशुपति लगायत मिरिकका स्थानीय कविहरूको उपस्थिति रहेको थियो। अरबिनराज गुरूङ अनि तीर्थङ्कर गुरूङको प्रायोजनामा सम्पन्न कार्यक्रमको प्रमुख संयोजक पत्रकार एवं कवि प्रवेश हाङखिम रहेका थिए। पत्रकार तथा कवि मुस्कान खेसहाङले सञ्चालन गरेको कार्यक्रममा भारतीय नेपाली साहित्यका दिवंगत साहित्यकार उर्मिला घिसिङको आत्मा शान्तिको कामना गर्दै एक मिनटको मौन पालन गरियो। त्यसपछि कविहरू क्रमैले महेन्द्र स्याङ्बो, पासाङ लक्की शेर्पा, कविता राई गाउँले, हनोक थापा, आरती ठकुरी, प्रभात राई चिसो, विनीता छेत्री, विजय वान्तवा कैलाशी, राजा पुनियानी, नुहाङ राई, कमला तामाङ, सन्तप्रकाश राई आदिले कविता अनि गजल वाचन गरेका थिए।

मिरिकमा आयोजित क्याँफे दि कविता कविता कार्यक्रममा कवि राजा पुनियानीले वर्तमान कविताको कुरा साथै जेनेरेशन जेनेक्स विषयमा वक्तव्य राखेका थिए।‌कार्यक्रममा एभरेस्ट क्याँफेका सञ्चालक अरबिन्दराज गुरुङले सबै उपस्थित कविहरुलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement