खरसाङ: सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय दिलाराममा पूर्व घोषित कार्यक्रम अनुसार शनिबार भूतपूर्व विद्यार्थीहरूको एक सभा दिपक देवानको सभापतित्वमा सम्पन्न भयो। आगमी ७ सेप्टेम्बर २०२५ को दिन सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालयको स्थापना दिवस भव्यताका साथ पालन गर्ने भएको हुनाले भूतपूर्व विदमयार्थीहरूले उक्त दिन पूर्ण उपस्थिति दिएर सहयोग पुरयाउने सभामा वक्ताहरुले बताएका छन्।

भूतपूर्व विद्यार्थीहरूको संगठन पूर्ण गठन नभएसम्म संंयोजकको पदभारमा पूर्व विद्यार्थी ललित राईलाई सर्व सम्मतिले चयन गरे भने प्रत्येक वर्षका विदमयार्थीहरूमा एकजना गरेर सह संयोजक चयन गरिएको छ।संगठन पूर्ण गठनको निम्ति आगमी २४ अगष्ट शनिबारको दिन सभा आयोजना गरिने सभाले निर्णय लिएको छ।

सभालाई विशेष विद्यालयको प्रधान अध्यापक अनिल शर्मा, दिपेश तामाङ, रोशन हाङ्ग सुब्बा, प्रदिप लामा, शारदा गुरूङ, रिता राई, दावा भोटिया लगायत अन्यले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन बसन्त कुलुङ राई अनि दिपेस देवानले गरेका थिए।