सन्त मेरिजमा ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिको कार्यकारिणी समिति गठन

IMG-20250809-WA0118

सोनादा: खरसाङको सन्तमेरिज हिलस्थित ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिको गत ३ अगस्ट २०२५ को सभाले पारित गरेको प्रस्ताव अनुसार शनिबार उक्त मन्दिर समितिको पूर्ण कार्यकारिणी समिति गठन गरियो। मन्दिर संरक्षण समितिका सदस्य एवं श्रद्धालु नवराज शर्माको सभापतित्वमा अनि सूर्या तामङको वासस्थानमा राखिएको उक्त सभामा संयोजक बिराज थापाले सभाको अ‌ौचित्यबारे विस्तृत रुपमा प्रकाश पारे।उपस्थित सदस्य/सदस्याहरुको स्वास्थ्य वैचारिक सुझावहरु आदान-प्रदान एवं विचारहरुको साथ निम्नलिखित सदस्य/सदस्यागणलाई कार्यकारिणी समितिको पदाधिकारीगणको रुपमा सर्वसम्मत्तिको साथमा चयन गरिएको छ। यसमा सभापति हिरेन त्रिखत्री, उप सभापति विशाल भूजेल र सुबानी राई मूलसचिव बिराज थापा, सह-सचिव हेमा मोक्तान, कोषाध्यक्ष बिवेक भूजेल, सह-कोषाध्यक्ष मङ्गत राई, मन्दिर सम्पत्ति संरक्षक सूर्या तामाङ, सल्लाहकार समूहमा नवराज शर्मा, बसुन्धरा शर्मा, मेनुका शर्मा, बिपन भूजेल आदि चयन भएका छन्। त्यसरी नै ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिमा रहने सबै सदस्य/सदस्यागण कार्यकारिणी समितिमा रहने सभामा निर्णय गरिएको छ। सभालाई बसुन्धरा शर्मा, मेनुका शर्मा, बिपन भूजेल, सुबानी राई, हिरेन त्रिखत्री, विशाल भूजेलद्वारा सम्बोधन गर्दै सुझावहरु राखिएको थियो। सभामा हिरेन त्रिखत्रीले मन्दिर संरक्षण समितिको संविधान पत्र तयार पार्नु पर्ने साथै यसको लेखाजोखा तयार पार्न बिराज थापालाई अभिभारा दिए जसलाई सभाले सर्वसम्मत्तिको साथ समर्थन गरे। यसका साथै ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिमा संलग्न एवं सदस्यता ग्रहण गरेकी नव सदस्या मेनुका शर्मालाई पनि स्वागत जनाईयो।
आगामी दिनहरुमा मन्दिरको सही संरक्षण एवं सम्बर्द्धनको निम्ति कार्यहरु गरिनेबारे पनि छलफल गरियो साथै उपस्थित सदस्य/सदस्यागणले मन्दिर संरक्षण समितिको सदस्यता पनि ग्रहण गरे। स्मरण गराइन्छ गत ३ अगस्त २०२५ को सभाले प्रस्ताव पारित गरे अनुसार मन्दिर संरक्षण समितिको मासिक शुल्क रुपियाँ ३० रहने छ अनि यसै वर्षको अगस्त महिनादेखि दिसम्बर महिनासम्मको सदस्यता शुल्क रुपियाँ १५० वहेको हुनाले सदस्य/सदस्यागणद्वारा उक्त सदस्यता शुल्क पनि प्राप्त भइरहेको सभामा अवगत गराइयो। यसका साथै मन्दिर संरक्षण समितिमा हालमा रहेको जम्मा कोष रुपियाँ ७८५९/- पनि बिराज थापाले नव कोषाध्यक्ष बिवेक भुजेललाई हस्तान्तरण गरे। सभामा २४ जना सदस्य/सदस्याहरुको उपस्थिति रहेको थियो। मन्दिर समितिको क्रियाकलापभित्र रहेको सबै कार्यहरुमा आफ्नो पूर्ण सहभागिता रहने साथै सरकारी तौरबाट प्राप्त हुने सुविधाहरुबारे विस्तृत रुपमा जानकारी गराउँदै अनि नव कार्यकारिणी समितिमा चयन भएका सम्पूर्ण पदाधिकारीगण लगायत सदस्य/सदस्याहरुप्रति हार्दिक शुभेच्छा पनि प्रकट गर्दै सभाध्यक्ष नवराज शर्माले सभा बर्खास्त गरेको जानकारी ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिको पक्षमा मूल सचिव बिराज थापाले दिएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement