राज्यका निर्वाचन आयोगको वेबसाइटबाट मतदाता सूची हटाइएकोले आयोगको विश्वसनीयता संकटमा परेको छ: विधायक बीपी बजगाईं

IMG-20250809-WA0117

खरसाङ: भारतको निर्वाचन आयोगमाथि विपक्षी नेता राहुल गान्धीले फर्जी मतदाता राख्ने गम्भीर आरोप लगाएका छन्। यस्ता आरोपहरूको बाबजुद आयोगले जनताको विश्वास जित्ने जवाफ दिन नसकेको र विभिन्न राज्यका निर्वाचन आयोगको वेबसाइटबाट मतदाता सूची हटाइएकोले आयोगको विश्वसनीयता संकटमा परेको छ भनी खरसाङका‌ भाजपा विधायक बीपी बजगाईंले बताएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘मैले आफ्नो मतदान केन्द्रको डाटा जाँच्दा मतदाता सूचीमा मतदाताको फोटो नभएको र डाटा अप्टिकल्ली पढ्न नसकिने अवस्थामा रहेको पाएँ। डाटालाई टेक्स्ट फर्म्याटमा वेबसाइटमा राख्न सकिन्छ, जसले डाटा खोज्न र जाँच्न सुविधा प्रदान गर्छ। तर, पश्चिम बंगालको निर्वाचन आयोगको वेबसाइटमा मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले डबल एन्ट्री वा अनियमितता पत्ता लगाउन असम्भव बनाइएको छ। एआईको युगमा यो आश्चर्यजनक र चिन्ताजनक छ।
यस्तो अवस्थामा, यदि भारतको निर्वाचन आयोगले आफ्नो काममा पारदर्शिता र जवाफदेहिता कायम गर्न सकेन भने देशको लोकतन्त्र संकटमा पर्ने निश्चित छ।’

बी पी बजगाईं
बीजेपी विधायक, खरसाङ

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement