रंगबुलको गोर्खा बस्तीमा भागोप्रमोको सभा सम्पन्न

IMG-20250809-WA0116

सोनादा: भारतीय ग्रोर्खा प्रजातान्त्रिक मोर्चा रंगबुल (को – अर्डिनेशन ) कमिटीको संयोजक लक्ष्मण ठकुरी, रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बा, पञ्चायत समिति सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य एनोस हाङ सुब्बा आदिको उपस्थितिमा एउटा जरुरी सभा गोर्खा बस्ती सार्वजनिक भवनमा शाखाको सभापति अर्जुन थापाको अध्यक्षमा सम्पन्न गरियो।‌ यस सभालाई निर्मल छेत्रीले सञ्चालन गरेका थिए। सबै भातृ सङ्गठनहरू यस सभामा उपस्थित थिए।‌ सभामा शिक्षक सगठन, पे ब्यान्ड कर्मचारी, आशाकर्मी, आँगनवाडी,भीबीडी, भूतपूर्व सैनिक सङ्गठन, गाउँ समाजका वरिष्ठ नागरिकहरू उपस्थित थिए। सभामा सबैको सुझाव र सल्लाह अनुसार गोर्खा बस्तीको कतिपय अधुरो रहेको विकासमूलक कार्यलाई अघि बढाई दिने भनी ग्राम पञ्चायत प्रधानलाई पनि जानकारी गराएका छन्।‌ यसको साथै जमीन बिषय साथै चुनाव आयोगद्वारा जारी गरिने दस्तावेज सम्बन्धमा पनि बीएलओ सुरेन छेत्रीद्वारा प्रकाश पारेका थिए। सबैको सुझाव सल्लाह अनुसार यस सभाले शाखा समितिमा केही फेरबदल गर्दै नयाँ ढाँचामा शाखा समिति गठन गरेको छ। यसको साथै जोनल समिति गठनार्थाको लागि तीनजना सदस्यहरू क्रमैले सुरेन छेत्री, रामा सुब्बा र सुशील राईलाई चयन गरियो भनी प्रचार प्रसार सचिव शेरेप छिरीङ लेप्चाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement