मिरिक: राज्यसभाकी सांसद शान्ता छेत्री गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशनको पहिलो सभाले गोर्खाल्याण्ड राज्यको प्रस्ताव ग्रहण गरेको विषयलाई सकारात्मक पहल मानेकी छिन् l यसको प्रस्ताव ग्रहण गरिसकेपछि मुद्दालाई निचोडसम्म पुर्याउन कार्यहरु गर्नुपर्ने सुझाव उनले दिएकी छिन्l पहाडका जनता गोर्खाल्याण्डको पक्षधर रहेको बताउँदै आफू वामफ्रन्ट सरकारको पालामा १५ वर्ष विधयक समयमा बिधानसभामा गोर्खाल्याण्डको उठाएको बताइन्l यसको प्रतिलिपी उपलब्ध गराउन सक्ने उनले बताइन्। विनय तामाङले प्रतिपक्षको रुपमा आफूलाई प्रस्तुत गरेको सन्दर्भमा उनले बोलिनन्l जीटीएको सभामा सिटिङ एरेन्जमेन्टको कारण यस्तो भएको भन्ने उनको भनाइ थियो। ‘विनय तामाङले के भने त्यसबारे म अवगत छुइनँ’, उनले यति भनिन्। जीटीए सभाले पहाडको ११ जात गोष्ठीलाई जनजातिको मान्यता पाउनु पर्ने प्रस्ताव पनि ग्रहण गरेको छ। जसमा सांसद शान्ता छेत्रीले जनजातिको मुद्दालाई लिएर केन्द्र सरकार गम्भीर नरहेको भन्दै राज्य सरकारले यस सन्दर्भमा पहिलेबाट नै केन्द्र सरकारलाई पत्रचार गरिसकेको स्पष्ट पारिन्। हालै केन्द्र सरकारले देशको कतिपय राज्यका समुदायलाई जनजातिको दर्जा प्रदान गरेको प्रसंगमा उनले भाजपाले चुनावको राजनिति गरिरहेको आरोप लगाए। उनीले ती राज्यहरुमा चुनाव हुन लागेको कारण यो कदमलाई चुनावी दाउपेचको संज्ञा दिइन्।









