खरसाङको टेकवीर बस्तीको समाज “प्रगति गाउँ प्रगति संघद्वारा सर सफाई कार्यक्रम सम्पन्न

IMG-20250809-WA0106

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुई टेकवीर बस्तीको समाज “प्रगति गाउँ प्रगति संघले आफ्नो वार्षिक सर सफाई कार्यक्रमलाई निरन्तरता दिन्दै आउँदो ७९औं स्वतन्त्रता दिवस अनि आज राखी पर्वको उपलक्ष्यमा सम्पूर्ण गाउँ वरिपरिको क्षेत्रलाई सर सफाई गरियो। समाजको मूल सचिव बीरबल पाखरीन, उपाध्यक्षद्वय सुजय गुरुङ र जन बस्को राई अनि कोषाध्यक्ष रमोद गुरुङको अगुवाईमा सम्पन्न सफाई कार्यक्रममा समाजको प्रत्येक घरका प्रायः सदस्यहरू उपस्थित रहेका थिए। यस सर सफाई कार्यक्रममा गाउँभित्रको नाला झोडा सफा गरिएको छ।बाटो नजिक उम्रेका झार जंगल फाड्ने अनि उखेल्ने कार्य गरियो। गाउँभित्रका बाटो घाटो बर्खाको पानीको कारणले गर्दा चिप्लो भ‌एर जनसाधारणलाई धेरै असुविधा भ‌ई रहेको थियो।यसै असुविधाको समस्यालाई ध्यानमा राख्दै सम्पूर्ण गाउँभित्रको बाटो घाटोमा ब्लिचिङ पाउडर हाल्ने कार्य गरिएको छ। समाजको पक्षबाट सम्पूर्ण गाउँवासीलाई आफ्नो परिवेश स्वच्छ अनि सफा राख्ने अपिल गरियो। सफाई कार्यक्रममा चाहिने ब्लिचिङ क्रमशः पूर्ण गुरुङले दुई बोरा, पवन रसाईलीले एक बोरा अनि करुणा प्रधानले एक बोरा सहयोग गरेका थिए। यसको साथै रामु राउतले ५ जोड़ी पन्जा, १० वटा माक्स, उर्मिला मोक्तान अनि दिल बहादुर गुरङले चार- चारवटा ठूलो कोल्ड ड्रिंक्स, गिलास, बिस्कुट प्रदान गरेका थिए भने मेनुका मंग्राती अनि बन्दना छेत्री ॐले चिया दिएर सहयोग गरेका थिए। आफ्नो गाउँ आफै सफा राखौं अभियान अन्तर्गत गरिएको यस सफाई कार्यक्रममा यसपाली गाउँ प्रायः नै सफा र स्वच्छ भ‌एको कारण गाउँवासीले समाजको सोचलाई आत्मसात गरेको कारण समाजको पक्षबाट धन्यवाद ज्ञापन गरिएको जानकारी मूल सचिव बिरबल पाखरिन ले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement