“अनित थापाको नेतृत्वको पार्टी अनि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन शब्द अनि आश्वासनमा होइन कर्ममा विश्वास गर्ने पार्टी अनि प्रशासन हो” अमृत योञ्जन

IMG-20220920-WA0128.jpg

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन सभाले प्रस्ताव ग्रहण गर्यो : गोर्खाल्याण्डको डायलगलाई पुनः खोल्नु पर्छ। भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले प्रस्तावको स्वागत गर्दछ। स्वागतको साथमा जी टी ए सभाका ५० जना प्रतिनिधिहरूलाई ऐतिहासिक प्रस्ताव ग्रहण गरेकोमा बधाई पनि दिनु चाहन्छ।

गोर्खाल्याण्ड हरेक गोर्खाको नसा नसामा बग्छ। हाम्रो चिन्हारी बोकेको छ यो मुद्दाले। हाम्रो भावना संग जडित छ यो मुद्दा।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनाव समय घोषणा गरेको मुद्दालाई कार्यमा परिणत गरेको छ। अनित थापाको नेतृत्वको पार्टी अनि उनकै नेतृत्वमा चलिरहेको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन शब्द अनि आश्वासनमा होइन कर्ममा विश्वास गर्ने पार्टी अनि प्रशासन हो भनी प्रमाणित गरेको छ। विपक्षको ‘भागोप्रमोले गोर्खाल्याण्डको प्रस्ताव त के उच्चारण सम्म गर्नु सक्दैन’ भन्ने नकरात्मक टिप्पणी, हिजो सभामा ग्रहण गरिएको प्रस्तावले झुट प्रमाणित गरिदिएको छ।

वास्तवमा भागोप्रमोको राजनीति कर्मको सिद्धान्त माथि आधारित छ। त्यसैले हामी भन्छौ ‘कर्म नै हाम्रो सिद्धान्त’। हामी आश्वासन अनि शब्दको राजनीतिमा विश्वास गर्दैनौ। हामी जे गर्नु सक्छौ त्यही भन्छौ अनि गर्छौ। हाम्रो राजनैतिक गतिविधि राजनैतिक सिद्धान्तले प्रभावित पारेको छ।

जी टी ए सभाले ग्रहण गरेको गोर्खाल्याण्डको डायलग पुनः खोलिनु पर्छ भन्ने प्रस्तावले मुद्दा केवल राजनैतिक मुद्दा मात्र होइन यो गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रको आधिकारिक चाहना पनि हो भनी स्पष्ट पारेको छ। केन्द्रमा पहाडलाई प्रतिनिधित्व गर्ने राजनैतिक दलले यो बुझ्नु आवश्यक छ कि अब आश्वासनले मात्र पहाड खुसी हुँदैन। पहाडलाई चाहिएको हो परिणाम। परिणाम तब आउनेछ जब काम गरिन्छ।

कर्मले नै पहाडलाई व्यवस्थित बनाउँछ। कर्मले नै गोर्खाको भविष्य निर्धारण गर्छ।

अमृत योञ्जन
केन्द्रीय अध्यक्ष
युवा शक्ति
दार्जीलिङ

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *