चिया श्रमिकहरूलाई शान्ति जुलुसमा सक्रिय सहभागिता जनाँउने अनुराेध

1662142161_03nblworker_4c.jpg

मिरिक: मिरिक चिया श्रमिक सुरक्षा समितिका प्रवक्ता राजीव राईले मंगलबार मिरिकमा एक प्रेसभेलाकाे आयाेजना गरेर बुधबार विहान दस बजी आफ्नाे हक र अधिकारकाेलागि मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्र परिसरमा भेला हुने मिरिक महकुमाभरिका चिया श्रमिकहरूलाई अनुराेध गरेका छन्। तिनले चिया श्रमिक सुरक्षा समितिले मिरिकमा बुधबार एक किस्तामा बीस प्रतिशतकाे दरले बाेनस वितरण गरिनु पर्ने मागमा एउटा शान्ति जुलूस साथै मिरिक सुपर मार्केटमा सभा गर्ने निधाे गरेकाे जसकाेलागि प्रशासनिक अधिकारीहरूबाट लिखित अनुमति पनि प्राप्त भइसकेकाे जानकारी गराँउदै बुधबार चिया श्रमिकहरू सडकमा निस्केर शान्ति श्रृङखला कायम राखेर आफ्नाे आवाजलाई बुलन्द गर्नपर्छ भने।

तिनले भनेे दशै पर्व संघारमा छ। तर हरियाे सून टिप्ने चिया श्रमिकहरूकाे भावनासित मालिक बर्गले आज पनि खेलवाड गरिरहेछ।हामी एक अराजनैतिक संस्था हाै।यसैले चिया श्रमिकहरूकाे हक र अधिकारकाेलागि लडेका हाै।अब चिया श्रमिकहरू पनि आफ्नाे हक र अधिकारकाेलागि अघि आउनपर्छ भने।तिनले बुधबार चिया श्रमिकहरूलाई आफ्नाे हककाेलागि एककृत हुने आव्हान गर्दै मिरिकका जनतालाई पनि श्रमिक हितमा गरेकाे कार्यलाई सहयाेग गरेर सफल बनाँउने अनुराेध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement