एशिया कप अघि अष्ट्रेलिया यात्रामा असल प्रदर्शन गर्न चाहन्छन् हरमनप्रीत सिंह

IMG-20250809-WA0074

नयाँ दिल्ली: एशिया कपको ठीक अघि भारतीय सीनियर पुरुष हकी टीमले अष्ट्रेलिया प्रस्थान गरेको छ। टीमका कप्तान हरमनप्रीत सिंहले बताएअनुसार, अष्ट्रेलियाई टीमविरुद्ध उनीहरूकै घरेलु मैदान खेल्नु चुनौतीपूर्ण रहन्छ अनि यस्तो गरेर उनले यस महिनाको अन्तमा हुने एशिया कप अघि आफ्नो टीमको कमजोर क्षेत्रहरू चिन्हित गर्न सक्नेछन्। भारतले अष्ट्रेलियाविरुद्ध १५-देखि २१ अगस्तसम्म चारवटा म्याचको सीरीज खेल्नेछ। टीमसँग अष्ट्रेलिया प्रस्थान गर्न अघि हरमनप्रीतले भने, अष्ट्रेलियाविरुद्ध उनीहरूको घरेलु मैदानमा खेल्नु सदा ठूलो चुनौती हुन्छ अनि एशिया कपको निम्ति तयारीको चरणमा हामीलाई यसको आवश्यकता पर्नेछ। हामी यस सीरीजलाई एशिया कपको तयारीको निम्ति एउटा महत्त्वपूर्ण हिस्साको रूपमा हेरिरहेका छौं। हाम्रो ध्यान एउटा एकाइको रूपमा सुधार गर्ने, मजबूत प्रतिद्वन्द्वीविरुद्ध आफ्नो क्षमतालाई जाँच्ने अनि एशिया कपको निम्ति राजगीर जान अघि जरूरी फर्म हासिल गर्नुमा रहनेछ। हामी अष्ट्रेलिया जस्तो मजबूत टीमविरुद्ध आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न उत्साहित छौं। भारतले अष्ट्रेलियाविरुद्ध ४ वटा म्याच क्रमशः १५, १६, १९ र २१ अगस्तमा खेल्नेछ। यस सीरीजबाट टीम म्यानेजमेण्टलाई एशिया कपको निम्ति अन्तिम टीमको चयन गर्नमा पनि सहायता हुनेछ। एशिया कप २९ अगस्तदेखि राजगीरमा शुरु हुनेछ। एशिया कपमा च्याम्पियन टीमले वर्ल्ड कपको निम्ति सीधै क्वालीफाई गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement