गान्तोक: लेप्चा समुदायको महान पर्व टेण्डोह ल्हो रूम फातको अवसरमा राज्यपाल ओमप्रकाश माथुरले सिक्किमवासीलगायत विशेषगरी लेप्चा समुदायलाई शुभकामना व्यक्त गरेका छन्। राज्यपालले सिक्किमवासीलाई प्रकृति प्रेमीहरूको रूपमा बताउँदै राज्यका जनताको सदैव प्रकृतिप्रति गहिरो प्रेम र संरक्षण रहेको बताएका छन्। प्रकृतिको पूजा गर्नु केवल सांस्कृतिक परम्परा मात्र नभएर जीवनदाता प्रकृतिप्रति सम्मानको एक प्रशंसनीय उदाहरण पनि हो. राज्यपालले भने। यस पर्व लेप्चा समुदायद्वारा तेण्डोङ पर्वतप्रति सम्मान व्यक्त गर्ने प्रतीक हो भन्दै उनले यस दिन तेण्डोङ पर्वतको पूजा गर्ने र आफ्नो आस्थालाई जीवित राख्दै विपत्ति र विनाशबाट सुरक्षा प्रदानका लागि विशेष पूजा पाठ गर्ने चलन रहेको उनले बताए।