सांसद सुब्बाकाे जनजाति राज्यमन्त्री उइकेसँग भेट

IMG-20250808-WA0144

गान्तोक: राज्यका छुटेका १२ जात गोष्ठीलाई जनजातिको मान्यता सम्बन्धमा थप पहल गर्दै लोकसभा सांसद इन्द्र हाङ सुब्बाले आज नयाँ दिल्लीमा भारत सरकारका जनजाति मामिला राज्यमन्त्री दुर्गादास उइकेलाई भेटे। भेटवार्ताको क्रममा सांसदले केन्द्रीय मन्त्रीसमक्ष सिक्किमका छुटेका जात गोष्ठीलाई जनजाति मान्यताको वकातल गरे।
बैठकको क्रममा सांसद सुब्बाले मन्त्रीलाई अनुसूचित जनजातिको सूचीमा छुटेका समुदायहरूलाई समावेश गर्ने सिक्किम सरकारको लामो समयदेखिको मागको बारेमा अवगत गराउनको साथै भारतको रजिस्ट्रार जनरलको कार्यालयद्वारा तोकिएका मापदण्डहरू पूरा गर्न सिक्किम सरकारले गरिरहेको इमान्दार प्रयासहरूमाथि पनि प्रकाश पारे। यसको साथै उनले वर्ष 2003मा नै अनुसूचित जनजातिको दर्जा प्राप्त गरे पनि आजसम्म सिक्किम राज्य विधानसभामा जनजाति आसन आरक्षण नपाएको प्रसङ्ग पनि उठाउँदै मन्त्रीको ध्यानाकर्षण गराए।
सांसद सुब्बाले लामो समयदेखि थाँतीमा रहेका यी मुद्दाहरूलाई सम्बोधन गर्ने दिशामा दिएको केन्द्रीय मन्त्री उइकेको आश्वासनको निम्ति सिक्किम राज्य र सिक्किमवासीको पक्षमा कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement