पाकिममा सिनियर ऱ्याङकिङ ब्याडमिन्टन प्रतियोगिता शुरु

IMG-20250808-WA0142

पाकिम: ब्याडिमन्टन एसोसिएशन अफ् सिक्किम र ब्याडमिन्टन एसोसिएसन अफ् पाकिमको संयुक्त पहलमा पाकिममा सिनियर ऱ्याङकिङ ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरू भयो। आजदेखि शुरू भएको तीन दिवसीय प्रतियोगिताको समापन आगामी १० अगस्तको दिन हुनेछ। यस प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत सहभागी प्रतिभालाई ब्याडमिन्टन खेलप्रति प्रेरित गर्नु हो। कार्यक्रममा आवकारी विभागका अध्यक्ष एम प्रसाद शर्मा मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। यस अवसरमा पुरूषवर्ग र महिलावर्गको एकल, डबल्स र मिश्रित प्रतियोगिता आयोजन गरिएको थियो। उक्त प्रतियोगितामा कूल २३४ जना खेलाडीहरूले अंशग्रहण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement