राज्यको श्रममन्त्रीको उपस्थितिमा हुने बोनसको सभामा एकै किस्तामा बीस प्रतिशत बोनस पारित गर्नु पर्ने चिया श्रमिक सुरक्षा समितिको मांग

IMG-20220920-WA0127.jpg

दार्जिलिङ: दार्जिलिङ पहाड़को चियाबारी श्रमिकहरूको पूजा बोनस विषयमा विभिन्न चियाबारीमा गेट मिटिङ जोइन्ट फोरमको आयोजनामा सम्पन्न भईरहेको छ। यसै क्रममा अाज दार्जिलिङको मारेबुङ चियाबारीमा जोइन्ट फोरमको आयोजनामा गेट मिटिङ सम्पन्न भएको छ। उक्त गेट मिटिङमा चियाबारी श्रमिकहरूलाई सम्बोधन गर्दै चिया श्रमिक सुरक्षा समितिको पक्षबाट प्रमोद राईले भोलि २१ सेप्टेम्बरको दिन राज्यको श्रममन्त्री मलय घटकको उपस्थितिमा सिलगढीमा हुन गईरहेको बोनस विषयको सभामा श्रमिकहरूको बोनस एकै किस्तामा बीस प्रतिशत हुनुपर्छ भनी मांग गरेका छन्। उनले आफ्नो सम्बोधनमा राज्यमा एक महिला मुख्यमन्त्री छन् अनि मा, माटी र मानुसको सरकार छ तर यता पहाड़मा भने बुजुर्ग महिलाहरू पनि चियाबारीमा काम गर्नुपर्छ साथै वर्षमा एकपल्ट पाउने बोनसको लागि पनि निवेदन गर्नुपर्छ तर अझैं न्याय पाएका छैनन् भनी बताएका छन्। चिया श्रमिक सुरक्षा समितिको पक्षबाट प्रमोद राईले भने, दशैं आईसक्यो तर अझैं पनि चियाबारी श्रमिकहरूको बोनस भने तय भएको छैन। त्यसैले भोलि २१ सेप्टेम्बरको दिन सिलगढीमा राज्यको श्रम मन्त्री मलय घटकको उपस्थितिमा हुने भनिएको सभामा पहाड़को श्रमिकहरूले एकै किस्तामा बीस प्रतिशत बोनस पाएको हुनुपर्छ भनी मांग गरेका छन्। उनले ट्रेड युनियनकाहरू जो पनि भोलि हुने सभामा जान्छन् चियाबारी श्रमिकहरूको लागि डटेर एकै किस्तामा बीस प्रतिशत बोनस पारित गराएको हुनुपर्छ भनी मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement