पाकिम: पाकिम जिल्लाको सेन्ट जेभियर्स विद्यालयको खेल मैदानमा ७९औं स्वतन्त्रता दिवस अन्तर्गत आयोजन भइरहेको फुटबल प्रतियोगिताको आठौं दिनको खेलमा ब्रदर्स एफसी बनाम सिक्किम पुलिसबीच सम्पन्न भयो। पाकिम स्पोर्टिङ क्लब र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा आयोजन गरिएको कार्यक्रमको मुख्य उद्देश्य सिक्किम राज्य स्थापनाको ५० वर्षगाँछ पालन गर्दै नशामुक्त सिक्किमको सन्देशलाई जनजनमा पुऱ्याउनु रहेको छ। कार्यक्रममा मुख्य अतिथिकोरूपमा जिल्ला उपाध्यक्ष प्रभा तामाङले पाकिममा भइरहेको विकास गतिविधिमाथि प्रकास पारिन्। यस अवसरमा दुईवटा खेल खेलाइएको थियो। जसमा पहिलो खेल ब्रदरवुड एफसी र सिक्किम पुलिसबीच भएको थियो। जसमा सिक्किम पुलिसले एकको विरूद्ध दुई गोल गरेर अघिल्लो चरणमा स्थान पक्का गऱ्यो। सोही प्रकारले दोस्रो खेल सेन्ट जेभिर्यस स्कूल बनाम जेभीसी सिङतामबीच भएको थियो। यस खेलमा निर्धारित समयसम्म कुनै परिणाम नआएपछि अन्ततः खेल टाइब्रेकरमा परिणत भएको थियो। जसमा जेबीसी सिङताम विजयी बन्यो।