गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले टेण्डोङ ल्हो रुम फातको पावन अवसरमा लेप्चा समुदाय साथै सम्पूर्ण जनताप्रति शुभकामना व्यक्त गरेका छन्। आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्रीले लेप्चा समुदायको यस धार्मिक तथा आध्यात्मिक पर्वलाई लेप्चा किम्वदन्तीअनुसार यस भूभागलाई एक भीषण प्राकृतिक प्रकोपबाट बचाएको पवित्र टेण्डोङ पर्वत र ईश्वरप्रति श्रद्धा अर्पण गर्ने अवसर रहेको उल्लेख गरेका छन्। यो पर्व आस्था र विश्वासको पर्वमात्र नभएर लेप्चा समुदायको पवित्र भूमिसँगको अटुट सम्बन्धको जीवन्त प्रतीक रहेको भन्दै यस अवसरमा प्रकृतिप्रतिको सम्मान व्यक्त गर्ने र पर्यावरण संरक्षणको सङ्कल्प पुनः दोहोर्याकउने दिन आएको उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। मुख्यमन्त्रीले सम्पूर्ण जनसमुदायलाई अमूल्य प्राकृतिक सम्पदाको संरक्षण र सम्वर्द्धनमा समर्पित भएर अघि बढ्ने आग्रह गरे। उनले लेप्चा समुदायबाट दुईजना मन्त्री पदमा र तीनजना विधायक रहेको तथा राज्यसभामा पनि एक जना लेप्चा समुदायका प्रतिनिधि रहेको जानकारी गराए। यसैगरी अध्यक्ष, ओएसडी, सल्लाहकार, अतिरिक्त राजनैतिक सचिव र जिल्ला पञ्चायतहरूमा पनि धेरै संख्यामा लेप्चा समुदायका प्रतिनिधिहरू रहेको जानकारी दाबी गरे। लेप्चा समुदायको निम्ति एसकेएम सरकारले गरेका र आगामी दिनमा गर्ने विविध विकासीय कार्यहरू र योजनाहरूको पनि जानकारी गराए। वर्तमान सरकारले राज्यका सबै जातिलाई एउटै मालामा उनेर राख्ने कार्य गरेको जनाउँदै बीएल भवन लगायत विभिन्न जातीय भवनहरूको निर्माण र अन्य विकासीय पूर्वाधारहरूको निर्माण गरेको आफ्नो सम्बोधनमा उल्लेख गरे। उत्तर सिक्किमको लिङताम जङगुमा मोनसोलुङको मुर्ति स्थापना कार्य भईरहेको जानकारी गराए। लेप्चा बुङथिङहरू र विद्यार्थीहरूलाई सरकारले अध्ययन भ्रमणमा पठाउने कार्य गर्दै आएको बताउँदै जङ्गुमा मोडल स्कूलको निर्माण कार्यन्य विकासीय पूर्वाधारहरूको निर्माण गरेको आफ्न सम्बोधनमा उल्लेख गरे।