दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा शुक्रवार २ वटा प्री क्वार्टर फाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा खेलिएको पहिलो म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले डीएम अफिसविरुद्ध २–० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मार्टिन र मिलन भूटियाले १–१ गोल गरे। दोस्रो म्याचमा भा-तकभर युनाइटेड एफसी-ले चाँदमुनी एफसी-विरुद्ध पेनल्टी शूटआउटमा ३–१–ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १–१–को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा भा-तकभर युनाइटेडको तर्फबाट अजनिश राई र चाँदमुनी एफसी-को तर्फबाट राजीव मुण्डाले गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ अगस्तमा हुनेछ।