खोकनको गोलले सेमिफाइनलमा पुग्यो ब्राइट स्पोर्टिंग क्लब

photocollage_202588225135887

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लबले सेमिफाइनल मा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा शुक्रवार भएको चौथो क्वार्टर फाइनल म्याचमा ब्राइट स्पोर्टिंग क्लबले युवा एकता संघविरुद्ध १–० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पूजन लेप्चाले १०औं, दीप रोयले १७औं र खोकन रोयले ६५औं मिनटमा गोल गरे। यसरी युवा एकता संघको तर्फबाट बिल्टु रोयले ५२औं र राजीवले ६१औं मिनटमा गोल गरे। खोकन रोयले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। शनिवार कुनै म्याच छैन। आइतवार खेलिने पहिलो सेमिफाइनलमा ओमिशा एफसी र भीएनसी मर्निंग सकरबीच भिड़न्त हुनेछ। यसरी मंगलवार खेलिने दोस्रो सेमिफाइनलमा मारामार एफसी र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement