खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सबै आँगनवाडी कर्मीहरू र सह कर्मीहरूद्वारा राष्ट्रिय सुपोषण महिना कार्यक्रम अनुसार आज नेपाली जातीय भोजन प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। उक्त जातीय भोजन प्रदर्शनी कार्यक्रम शिवखोला ग्राम पञ्चायतको सबै आँगनवाडी कर्मीहरूद्वारा मालुटार चियाबारीको डाक बंगला आँगनवाडी केन्द्रमा आयोजना गरेका छन्।

उक्त कार्यक्रममा विभिन्न गाउँका गर्भवती महिला, प्रसूती महिलाहरू, नानीहरू लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा आँगनवाडी कर्मीहरूद्वारा स्वास्थ्य भोजन विषयमा जागरूक गराइएको छ। यस कार्यक्रममा आँगनवाडी कर्मीहरू क्रमैले रुबिना प्रधान, सुनम सुब्बा, अमृता लामा, छुन्नु लामा, अनिरा तामाङ अनि सहायक कर्मीहरू क्रमैले डिक्की शेर्पा, मनिका लामा, श्यामकला राई, सन्ध्या लामा, सृजना छेत्री, अनु राई, जिना सुब्बा आदि उपस्थित रहेका थिए। यस जातीय भोजन प्रदर्शनी कार्यक्रममा विभिन्न किसिमको भोजनहरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा विशेष रूपमा सिमरिङकी आँगनवाडी कर्मी छुन्नु लामाले उपस्थित आमा, नानीहरूलाई राष्ट्रीय सुपोषण महिना विषयमा बताउँदै आजको नेपाली जातीय भोजन प्रदर्शनी कार्यक्रम विषयमा जानकारी गराएकी छन्।

उनले यो सेप्टेम्बर महिना राष्ट्रीय सुपोषण महिनाको रूपमा पालन गरिने र यसलाई सबै आँगनवाडी केन्द्ररूमा आँगनवाडी कर्मीहरूद्वारा सुपोषण विषयमा सचेतना गराउने गरिएको बताएकी छन्। त्यसै अनुरुप आज शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सबै आँगनवाडी कर्मीहरूद्वारा मालुटार चियाबारीको डाक बंगला आँगनवाडी केन्द्रमा नेपाली जातीय भोजन प्रदर्शनी कार्यक्रम आयोजना गरिएको बताएका छन्।










