मङ्पुमा विश्वकवि रवीन्द्रनाथ ठाकुरको पुण्यतिथि पालन

IMG-20250808-WA0113

मङ्पु: मङ्पुमा विश्वकवि रवीन्द्रनाथ ठाकुरको पुण्यतिथि पालन गरिएको छ।‌
कवि गुरुदेवले चारपल्ट वास गरेको भूमि मङ्पुमा आज विश्वकवि रवीन्द्रनाथ ठाकुरको पुण्यतिथि पालन गरिएको छ।


विश्व कवि रवीन्द्रनाथ ठाकुरको पुण्यतिथि आज मङपू रवीन्द्र भवनमा बिदुर कार्कीको अध्यक्षतामा सम्पन्न भयो। रवीन्द्र श्रमिक कल्याण केन्द्रको आयोजनामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिको रुपमा जीटीए लाब्दा-मङपू समष्टिको सभासद रतन थापा उपस्थित रहेका थिए‌।

उनकै बाहुलीबाट कविको प्रतिमामा दीप प्रज्वलन गरियो। पुष्कर सिङ्गरले सञ्चालन गरेको समारोहमा रवीन्द्र स्मृति कल्याण केन्द्रका प्रमुख सदुमा छेत्री, विशिष्ट अतिथि साहित्यकार केबी गिरी आदिको बाहुलीबाट दीप प्रज्वलन गरियो। कार्यक्रममा मङ्पु वरिपरिका विद्यालयका नानीहरुले गीत, नृत्य, कविता आदि प्रस्तुत गरेका थिए।

दीप थापाले स्वागत सम्भाषाण राखेको समारोहमा कोलकोत्ता शान्तिनिकेतनबाट आएका सुदेशना सन्यालले रवीन्द्र संगीत प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement