मालुटार चियाबारीको अग्नि पिढीतको घर जीटीए प्रमुख अनित थापाले बनाई दिने

IMG-20250808-WA0108

खरसाङ: जीटीए प्रमुख अनित थापाले मालुटार चियाबारीको अग्नि पिढीत परिवारको घर बनाई दिने भएको छ। तीनधारे महानदी समष्टि अन्तर्गत मालुटार चियाबारीको दोकानडाँडामा गत ६ अगस्तको दिन आगलागीमा देबेन्द्र सुब्बाको घर जलेर खरानी बनेको थियो भने नजिकैको प्रनिल सुब्बाको घर पनि क्षतिग्रस्त बनाएको थियो। जीटीए प्रमुख अनित थापाले दुवैको घर बनाई दिने भएको जानकारी प्राप्त भएको छ। मालुटार चियाबारीको अग्नि पिढीत परिवारको सहयोगको लागि पञ्चायत समिति सदस्या अनिरा तामाङ र दुईजना पञ्चायत सदस्याहरु सृजना छेत्री र मनिका लामा जीटीए प्रमुख अनित थापालाई भेट्न गएका थिए। यसै अवधि थापाले अग्नि पिढीत परिवारको घर बनाई दिने वाचा गरेका छन्। अग्नि पिढीत परिवारको घर जीटीए प्रमुख अनित थापाले बनाई दिने भएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मालुटार बुथ कमिटीको तर्फबाट आज जीटीए प्रमुखलाई धन्यवाद दिएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्या अनिरा तामाङ र भागोप्रमो मालुटार बुथ कमिटीको सभापति नरेश राईले अग्नि पिढीत परिवारको घर बनाई दिने भएकोमा जीटीए प्रमुखलाई धन्यवाद दिएका छन्।‌ मालुटार चियाबारीको अग्नि पिढीत परिवारको घर बनाउने कार्य चाढै शुरु हुने भएको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement