एक व्यक्तिको मृत देह टिस्टा ब्यारेज हाउजिङ कम्पलेक्सबाट गरियो उद्धार

IMG_20220919_163039.jpg

सिलगढी: सिलगढी तिनबत्ती संलग्न टिस्टा ब्यारेज हाउजिङ कम्प्लेक्सबाट झुन्डिएको अवस्थामा एकजना व्यक्तिको मृत देह उद्धार गरिएको छ। जानकारी अनुसार मृतक ज्योतिर्मय कोलनी निवासी कार्तिक सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार लामो समयदेखि तिनी तिनबत्ती संलग्न टिस्टा ब्यारेजमा बिजुली विभागमा अस्थायी कर्मचारीको रूपमा कार्यरत थिए। आज बिहान सरकारी कर्मचारीहरू काममा आउँदा झुन्डिरहेको अवस्थामा कार्तिक सरकारको मृत देह देखेपछि घटनाबारे एनजेपी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement