सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट मा भीएनसी मर्निंग सकरले सेमिफाइनल मा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा बिहीवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा भीएनसी मर्निंग सकरले नादोङ भूटिया फूटबल एकाडमी (एनबीएफए)-विरुद्ध १–०–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल म्याक्सवेलले गरे। उनले ६५औं मिनटमा गोल गरे। म्याक्सवेलले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। शुक्रवार खेलिने चौथो क्वार्टर फाइनलमा युवा एकता संघ र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।