दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा बिहीवार २ वटा प्री क्वार्टर फाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा खेलिएको पहिलो म्याचमा २/११ जीआर ले शेयर फूटबल क्लबविरुद्ध ४–२–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बिमल थापाले २ गोल गरे। यसबाहेक साकुल राई र नोगेनले १–१ गोल गरे। यसरी कालेबुङको शेयर एफसीको तर्फबाट प्रज्वल छेत्री र थोमस सुब्बाले १–१ गोल गरे। दोस्रो म्याचमा सासोनियन एफसी -ले सेण्ट जोसेफ्स कलेजविरुद्ध १–०–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल छो छो लेप्चाले गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ अगस्तमा हुनेछ।