राजधानीमा लेप्चा लोक नृत्य प्रतियोगिता

IMG-20250807-WA0133

गान्तोक: लेप्चा समुदायको महान पर्व टेण्डोङ ल्हो रूम फातको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज राजधानीस्थित मनन केन्द्र्मा राज्यस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भयो। कार्यक्रममा समाज कल्याण विभागीय मन्त्री साम्डुप लेप्चा मुख्य अतिथि थिए भने विशिष्ट अतिथिका रुपमा वन विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चा थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लेप्चाले आफ्नो जातिको संस्कृति संरक्षणमा सबै जागरुक बन्नुपर्ने कुरामा जोड दिए। उनले सांस्कृतिक परम्पराहरू पालन गर्ने र भावी पुस्ताका लागि संरक्षण गर्ने महत्त्वमाथि जोड दिए। सांस्कृतिक प्रदर्शनको प्रशंसा गर्दै, उनले सबैलाई आगामी टेण्डोङ ल्हो रूम फात पर्वमा सहभागिता जनाउने आग्रह गरे।

कार्यक्रमको मुख्य आकर्षण लोक नृत्य प्रतियोगितामा राज्यभरिका कलाकारहरूले नृत्य प्रदशन गरेका थिए। उक्त अवसरमा विभिन्न कलेज, युवा संगठन र क्लबका करिब १७ सांस्कृतिक नृत्य समूहहरूले भाग लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement