पूर्वोत्तर क्षेत्रस्तरीय कार्यबलको बैठकमा उद्योग मन्त्री भोटिया

IMG-20250807-WA0132

गान्तोक: राज्य सरकारको वाणिज्य तथा उद्योग विभागीय मन्त्री छिरिङ टी भोटियाले उत्तरपूर्वीय क्षेत्रमा लागत, पूर्वाधार र सम्पर्क सञ्जाल सम्बन्धी उच्चस्तरीय कार्यबलको पहिलो बैठकमा भाग लिए। उनले भर्चुअलरुपमा सहभागिता जनाएका हुन्। मन्त्री भोटियाले मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फबाट राज्य सरकारको प्रतिनिधित्व गर्दै बैठकमा सहभागिता जनाएका हुन्। मुख्यमन्त्रीको पूर्वनिर्धारित आधिकारिक व्यस्तताको कारण बैठकमा सहभागी हुन नसकेपछि मन्त्री भोटियाले सहभागिता जनाएको हो। बैठकको अध्यक्षता असमका मुख्यमन्त्री तथा कार्य बलका संयोजक डा. हेमन्त बिस्व शर्माले गरेका थिए। बैठकमा केन्द्रीय डोनर मन्त्री ज्योतिरादित्य एम. सिन्धिया, अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु तथा उत्तरपूर्वीय क्षेत्रका अन्य वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए। यस बैठकको उद्देश्य उत्तरपूर्वी क्षेत्रको तीव्र र समावेशी विकासका लागि क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको थियो। जसमा ढुवानी प्रणाली सुधार, सञ्जाल विस्तार, तथा व्यापार र लगानी प्रवर्द्धनमा जोड दिइएको थियो। बैठकको छलफलको क्रममा मन्त्री भोटियाले अन्तर्राष्ट्रिय व्यापार र पर्यटनमा सिक्किमको सम्भावना उजागर गर्दै राज्य सरकारले औद्योगिक विकासप्रति देखाएको प्रतिबद्ध रहेको जानकारी गराए। उनले औद्योगिक वृद्धिका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै डोनर मन्त्रालयसँग सिक्किममा सडक र हवाई सम्पर्क परियोजनालाई प्राथमिकता दिने आग्रह गरे। मन्त्रीले विशेषगरी यातायात र डिजिटल सञ्जालको पूर्वाधार विकास आवश्यक रहेकोमा जोड दिंदै सिक्किमलाई अन्य उत्तरपूर्वीय राज्यहरूसँग तथा भारतको समग्र अर्थतन्त्रसँग राम्रोसँग जोड्नुपर्ने आवश्यकता माथि जोड दिइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement