गान्तोक: स्थानीय समुदायमा वित्तीय समावेशीकरण र सशक्तिकरणलाई बढ़ावा दिने उद्देश्यले सोरेङ जिल्लाको साङ्गादोर्जी जीपीयूको जील ब्लकस्थित ग्राम प्रशासनिक केन्द्रमा एक मेगा वित्तीय समावेशीकरण शिविर आयोजन गरियो। कार्यक्रममा भारतीय रिजर्भ ब्याङ्क (आरबीआई) का क्षेत्रीय निर्देशक, आरबीआईकी महाप्रबन्धक, सिक्किम सरकारका वित्त निर्देशक, सिक्किम सरकारको राज्य स्तरीय ब्याङ्कर्स समिति (एसएलबीसी) का सहायक महाप्रबन्धक लगायत अन्य व्याङकहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। शिविरमा कलुक वरिपरिका मानिसहरुको सहभागिता थियो। जसले विभिन्न वित्तीय समावेशीकरण र बीमा योजनाहरूबाट लाभ उठाए। कूल ३५ लाभार्थीले प्रधानमन्त्री सुरक्षा बीमा योजना र ५ लाभार्थीले प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत नामाङ्कन गराए। अभियान भारत सरकारको वित्त मन्त्रालयको वित्तीय सेवा विभागद्वारा शुरु गरिएको राष्ट्रव्यापी वित्तीय जागरूकता अभियानको अङ्ग हो, जो १ जुलाईदेखि ३० सेप्टेम्बर २०२५ सम्म चल्ने छ। यस अभियानको उद्देश्य सबै ग्राम पञ्चायतहरू र शहरी स्थानीय निकायहरूमा व्यापक कभरेज गर्नु हो। जसले गर्दा प्रत्येक योग्य नागरिकले सरकारको परिवर्तनकारी योजनाहरूबाट लाभ उठाउन सकुन् भन्ने सुनिश्चित गर्नु रहेको थियो। यस पहलको अनुरूप मेगा शिविर ब्याङ्किङ संस्थानहरू, सरकारी एजेन्सीहरू र स्थानीय समुदाय बीचको एक सहयोगात्मक प्रयास थियो।