मंगन: मंगन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतामा बसेको बैठकले आगामी ७९औं स्वतन्त्रता दिवसको तयारीबारे छलफल गऱियो। सभामा जिल्लाका विभिन्न विभागका प्रमुख र अधिकारीहरूको उपस्थिति रहेको थियो। मंगन सार्वजनिक मैदानमा आयोजना हुने स्वतन्त्रता दिवस समारोहमाथि सभामा विस्तृत छलफल गरिएको थियो। प्रत्येक विभागको भूमिकाबारेमा चर्चा गर्दै समन्वय सुनिश्चित गर्न विशेष जिम्मेवारी तोकिएको थियो। स्वतन्त्रता दिवस समारोहलाई भव्य रूपमा सफल बनाउने दिशामा सबैले समन्वय राखेर काम गर्नुपर्ने जिल्लापालले आग्रह गरे।