पाकिम: आगामी १० अगस्तको दिन हुन गइरहेको आमा सम्मान दिवस कार्यक्रम स्थलको तयारीलाई लिएर आज पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेले रम्फू मैदानको स्थलगत निरीक्षण गरे। निरीक्षणको क्रममा जिल्लापाल अगवानेले मञ्च व्यवस्थापन, बस्ने व्यवस्था, भीड व्यवस्थापन, सार्वजनिक सुविधा तथा विभिन्न विभागहरूसँगको समन्वय लगायत विभिन्न पक्षहरूमाथि समिक्षा गरे। कार्यक्रम व्यवस्थित र योजनाबद्ध रुपमा सम्पन्न होस् भन्ने उद्देश्यले यो निरीक्षण भ्रमण गरिएको बताएका छन्। यस अवसरमा जिल्लापालसँगग अतिरिक्त जिल्लापाल जीएल मीणा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। टोलीले कार्यक्रम स्थल तयारीको प्रगतिमाथि समीक्षा गर्दै विभागहरूलाई दिएको जिम्मेवारीलाई पूर्णरुपले निर्वहन गर्ने कुरामाथि जोड़ दिए। यसरीनै अधिकारीहरूले पूर्वाधार निर्माण, सुरक्षा व्यवस्था तथा अन्य पक्षहरूमा संलग्न कर्मचारीहरूसँग अन्तर्क्रिया पनि गरे। आमा सम्मान दिवस कार्यक्रममा सिक्किमका ६ वटा जिल्लाबाट मानिसहरूको बाक्लो उपस्थिति रहने हुँदा कार्यक्रमलाई सहज र सफल बनाउने उद्देश्यले प्रशासनले विभिन्न समन्वित प्रयासहरू गरिरहेको जानकारकी गराए।