भागोप्रमो पार्टीकाे अडान, यसपालीको बोनस २० प्रतिशत: अनित थापा

IMG-20250807-WA0112

खरसाङ: यसपाली श्रमिकले वोनस २०% भन्दा कम्ती पाउँनु हुँदैन। २०% भन्दा कम्ती बोनस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कुनै पनि हालतमा स्वीकार गर्ने छैन‌ भनी अनित थापाले बताएका छन्। आज उनले पार्टीको ट्रेड युनियन सँगको बैठकमा पार्टीको यही अडानलाई जोड दिएको बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘कुनै पनि मञ्चमा ट्रेड युनियनले बोनस विषय चर्चा गर्दा २०% भन्दा एक प्रतिशत मुनिको चर्चामा भाग पनि लिने छैन। चियाबारीमा दैनिक खुन पसिना बगाउने हाम्रा श्रमिक दाज्यू भाई दिदी बहिनीहरूले बोनस समय जहिले पनि आन्दोलन गर्नुपर्छ। २०% बोनस चिया श्रमीकको हक अनि अधिकार हो, चियाबगानले त्यो हक अनि अधिकार दिए कै हुनुपर्छ।’
उनले भने, ‘मैले ट्रेडका नेतृत्वहरुलाई निर्देशन दिएको छु कि हाम्रो आवाज श्रमीकको पक्षको हुनुपर्छ। श्रमिकको हक अनि अधिकारको आवाज बन्नु नै ट्रेड युनियनको धर्म हो, जिम्मेवारी हो। राजनीतिदेखि माथि उक्लेर हक अनि अधिकारको माग गर्नुपर्छ। तब श्रमिकले निर्धक्क भएर कमानमा काम गर्नेछन्। चियाबगान मालिक पक्षलाई सल्लाह दिन्छु त्यो खुसीलाई सधैँ कायम राख्नुहोस्, श्रमिक खुसी हुने त्यही एउटा बोनस त हो। २०% बोनस श्रमिकहरुको अधिकार अनि हक पनि हो। बोनस समय कुनै आन्दोलन नहोस्। कुनै झगडा नहोस्। म आशा राख्छु २०२५ को बोनस मालिक पक्षले हृदयबाट, मन खुशी राखेर श्रमिकलाई धन्यवाद दिँदै २०% बोनस दिनेछन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement