आँगनवाडी केन्द्रहरुद्वारा विश्व स्तनपान सप्ताह पालन

IMG-20250807-WA0110

तीनधारे: विश्व स्तनपान सप्ताहको अवसरमा घैयाबारी ग्राम पञ्चायत दुई क्षेत्रमा रहेका आँगनवाडी केन्द्रहरुमा स्तनपानलाई लिएर सचेतना कार्यक्रम सम्पन्न भएको छ। सुपर भाइजर छिरिङ याङ्की भोटियाको दिशा निर्देशनमा यस क्षेत्रमा विश्व स्तनपान सप्ताह विभिन्न सचेतनामूलक कार्यक्रमहरुको साथमा पालन गरिएको छ। विश्व स्तनपान सप्ताह १ अगस्तदेखि ७ अगस्तसम्म पालन गरिन्छ। यस अवसरमा नानीहरुको आमाहरुसित क्विज आयोजना गरिनुको साथै आँगनवाडी केन्द्रहरुले घर घर पुगेर स्तनपानको महत्व विषयमा जानकारी गराइएको जानकारी प्राप्त भएको छ। यसको साथै विश्व स्तनपान सप्ताह विषयमा नानीको आमा र पिताहरुसित पनि सचेतना कार्यक्रमहरु आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै विश्व स्तनपान सप्ताहको अन्तिम दिन ७ अगस्तमा‌ स्तनपान विषयमा शपथ लिन्दै स्तनपानमा‌ आमाको भूमिका नरहेर पिताहरुको पनि महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको बताइएको छ भनी चुनभट्टीस्थित आँगनवाडी केन्द्रबाट रोमा थापाले जानकारी गराएकी छन्। त्यसरी नै सिविटारको चारवटा आँगनवाडी केन्द्रहरुमा स्तनपान सप्ताह पालन गरिएको छ। सिविटार चियाबारीको १० नम्बर, गुम्बाडाँडा, सिविटार र बाघमारा बस्तीमा रहेका चारवटा आँगनवाडी केन्द्रहरुद्वारा स्तनपान सप्ताह पालन गरिएको छ।‌

यस अवसरमा विभिन्न प्ला कार्डहरु लिएर नानीहरुका‌ अभिभावकहरुलाई लिएर स्तनपान सप्ताह विषयमा सचेतना रैलीको आयोजना पनि गरिएको छ। यस अवसरमा सिविटार आँगनवाडी केन्द्रकी आँगनवाडी कर्मी अर्चना लामाले स्तनपान सप्ताह विषयमा सचेतना गराएका थिए। यस अवसरमा १० नम्बर आँगनवाडी केन्द्रबाट रिना प्रधान, गुम्बाडाँडा केन्द्रबाट रिना तामाङ, सिविटारबाट अर्चना लामा र बाघमारा केन्द्रबाट सिता छेत्री उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement