सिलगढ़ीको घटनालाई लिएर गोर्खा जन पुस्तकालय, खरसाङको प्रतिवाद

IMG-20250807-WA0109

खरसाङ: भर्खरै हाकिमपाड़ा,सिलगढ़ीमा गोर्खे चेलीहरूलाई गरेको जातीगत आक्षेप, अपशब्द र अभद्र व्यवहारप्रति गोर्खा जन पुस्तकालय, खरसाङद्वारा प्रतिवाद जनाएको छ। यस विषयमा गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाइलीले विज्ञप्ति जारी गर्दै भारतजस्तो बहुभाषी, बहुजाति, बहुसंस्कृति र बहुधर्मावलम्बि रहने विशाल देशमा यस किसिमको घट्ना घट्नु अति दुर्भाग्यपूर्ण हो भनी बताएका छन्।‌ उनले यस घटनाले सामाजिक सौहार्द र शृङ्खलामा ठूलो नोक्सान हुनसक्छ भन्दै देश संविधान र कानुनले चल्दछ, त्यसर्थ, प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिएर दोषीहरूप्रति आवश्यक कार्वाही गर्नुपर्छ ताकि यस किसिमको घटना फेरि फेरि नदोहोरियोस् भन्ने हामी चाहान्छौँ। ।हाम्रा चेलीबेटीहरूको सुरक्षा सुनिश्चित गर्न प्रशासन चनाखो बस्न आवश्यक छ।यसको अतिरिक्त यसबेला हामी सबैले सयम र धैर्य राख्नु अति आवश्यक छ ताकि यस किसिमको घटनाले सामाजिक सद्भावनामा कुअसर नपरोस्।ती पीड़ित चेलीहरूले यस घटनाप्रति तीब्र प्रतिक्रिया जनाउँदै पुलिस प्रशासनअघि राखेको न्यायसंगत उजुरी र साहसिक कदमको हामी सराहना गर्छौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement