खरसाङ: सिलगढीमा भएको घटनालाई लिएर घैयाबारी मगर समाजले पनि घोर भर्त्सना जनाएको छ।घैयाबारी मंगर समाजको तर्फबाट एक भिडियो जारी गर्दै भुषण थापाले सिलगढीमा गोर्खे चेलीहरुमाथि भएको घटनाको विरोध गर्दै अश्लिल शब्द प्रयोग गरेर अपमान गरेको साथै भारतीय गोर्खाहरुलाई विदेशी भनेकोमा घोर विरोध जनाएका छन्। उनले यस घटना विषयमा घैयाबारी मगर समाज घोर विरोध गर्दछ भन्दै भारतको कानुन अनुसार कार्वाही हुनु पर्ने माग गरेका छन्। यस विषयमा भुषण थापाले भने, दुईजना महिलाले हाम्रो गोर्खे चेलीहरुलाई अश्लील शब्द प्रयोग गरेर अपमान गरेको छ साथै भारतीय गोर्खाहरुलाई विदेशीको लाञ्छना र तिरस्कार गरेको आरोप लगाएका छन्। यस्तो घटना फेरि दोहोरिनु हुँदैन भनी बताएका छन्। उनले यस घटनामा सलंग्न महिलाहरुलाई भारतीय कानुन अनुसार कार्वाही हुनु पर्ने माग गरेका छन्।