खरसाङ: पश्चिम बंगाल सरकारको ‘हाम्रो गाउँ हाम्रो समाधान’ अन्तर्गत द्वारे सरकारको क्याम्प खरसाङ नगरपालिका क्षेत्रको लागि आज सम्पन्न भएको छ। उक्त शिविर खरसाङको नगरपालिकाको वार्ड नम्बर ४ मा रहेको मध्य डुमारामको त्रिशुली संघ भवनमा सम्पन्न भयो। शिविरमा खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। यस शिविरमा पछिबाट क्षेत्रीय सभासद श्याम शेर्पाले पनि हाम्रो गाउँ हाम्रो समाधान’ क्याम्पको भ्रमण निरीक्षण गरेका थिए।

“हाम्रो गाउँ, हाम्रो समाधान” अन्तर्गत पश्चिम बंगाल सरकारले प्रत्येक बुथलाई १० लाख रुपियाँको अनुदान राशि प्रदान गर्ने गरेका छन् जसबाट गाउँको विभिन्न समस्याहरु समाधान भएर जायोस्। खरसाङ नगरपालिका अन्तर्गत आज सम्पन्न शिविरमा खरसाङ नगरपालिका क्षेत्रका बुथ संख्या १८९, १९० र १९१ लाई लिएर आयोजना गरिएको थियो। यस शिविरमा वार्डवासीहरूले आ-आफ्नो क्षेत्रमा रहेका विविध समस्याहरूबारे तत्काल रुपमा अधिकारीहरूलाई जानकारी गराएका थिए। हाम्रो गाउँ हाम्रो समाधान’ अन्तर्गत सम्पन्न अन्तर्क्रियात्मक शैलीमा सञ्चालित कार्यक्रममा सहभागी बुथ प्रतिनिधिहरूले आफ्ना योजनाहरूको विस्तृत प्रस्ताव समेत प्रस्तुत गरेका थिए।

पश्चिम बंगालभरि गत २ अगस्तदेखि आगामी ३ नोभेम्बरसम्म सञ्चालन हुने यो बुथ-स्तरीय शिविरमा पहाडका आम-नागरिकहरूलाई अनिवार्य रूपमा सहभागी हुन आह्वान। गरिएको छ। स्थानीयवासीहरूले यस शिविरमार्फत आफ्ना समस्या समाधान र विकास योजनाका विषयमा तत्काल प्रभावको साथमा कार्यन्वयन गर्नलाई अधिकारीहरु समक्ष राख्न सक्नेछन्।